काठमाडौं, १५ साउन । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ ९फिफा० ले विश्वकप र आफ्ना अन्य प्रतियोगिताहरूको व्यवसायिक अधिकारी निजी लगानीकर्ताहरुलाई बिक्री गर्ने योजना बनाएपछि युरोपेली फुटबल संघले त्यसको कडा विरोध गरेको छ ।
फिफाले उक्त योजना अघि सारेपछि युरोपेली फुटबल सङ्घ ९युइएफए० का ५५ वटै सदस्य राष्ट्रहरूले फिफा विश्वकप बहिष्कार गर्ने पक्षमा मतदान गरेका छन् । फिफाले भर्खरै सार्वजनिक गरेको उक्त प्रस्तावबारे छलफल गर्न डाकिएको आपत्कालीन बैठकमा युरोपेली राष्ट्रहरूले यो निर्णय लिएका हुन् ।
फिफाले यो विवादित योजना पूर्ण रूपमा फिर्ता नलिएसम्म फिफाका कुनै पनि प्रतियोगितामा सहभागी नहुने युइएफए सदस्य राष्ट्रहरुको अडान छ ।
उत्तर तथा मध्य अमेरिका र क्यारिबियन क्षेत्रको फुटबल प्रशासकीय निकाय कन्काकाफका ४१ सदस्य राष्ट्रहरूले पनि फिफा अध्यक्ष जियानी इन्फान्टिनोको उक्त प्रस्तावलाई अस्वीकार गरेका छन्। स्रोतका अनुसार कन्काकाफका सदस्य राष्ट्रहरूमा पनि इन्फान्टिनोप्रतिको विश्वास घट्दै गएको छ।
युइएफएले यसअघि नै दुईवटा कडा विज्ञप्ति जारी गर्दै आफ्नो असहमति स्पष्ट पारिसकेको थियो। बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वकपलाई कुनै व्यापारिक लगानीको वस्तुको रूपमा व्यवहार गर्न सकिँदैन । यो फुटबलको सबैभन्दा ठूलो खेल विरासत हो, जसलाई हरेक महादेशका खेलाडी, राष्ट्रिय टोली र समर्थकहरूले पुस्तौँ लगाएर निर्माण गरेका हुन्। यसको कुनै पनि अंश निजी लगानीकर्तालाई सुम्पन सकिँदैन। विश्वकप बिक्रीका लागि होइन।’
इन्फान्टिनोको यो प्रस्ताव फिफाका सदस्य राष्ट्रहरूबाट पारित भएमा युइएफएको यो बहिष्कार पुरुष तथा महिला विश्वकप र क्लब विश्वकपसहित फिफाका सबै प्रतियोगिताहरूमा लागू हुनेछ। यो निर्णयको पहिलो परीक्षण आउँदो अक्टोबरमा हुने महिला विश्वकपको प्लेअफ प्रतियोगितामा देखिनेछ।
बैठकमा सहभागी सदस्यहरूका अनुसार फिफा अध्यक्षको यस कदमप्रति युरोपेली फुटबल नेतृत्व अत्यन्तै क्रुद्ध बनेको थियो। फिफाका आठ उपाध्यक्षहरू मध्ये एक रहेकी इङ्ल्यान्डकी फुटबल एसोसिएसन अध्यक्ष डेबी हेविट स्वयंलाई पनि इन्फान्टिनोले यसबारे गरिरहेको छलफलबारे कुनै जानकारी दिइएको थिएन।
फिफाले मङ्गलबार फिफा फरवार्ड इन्टरप्राइज ९एफएफई०मा आफ्नो बहुमत स्वामित्व कायम राख्दै अल्पमत हिस्सेदारी दीर्घकालीन लगानीकर्तालाई बिक्री गरेर करिब चार अर्ब २० करोड अमेरिकी डलर जुटाउने योजना सार्वजनिक गरेको थियो ।







प्रतिक्रिया