काठमाडौं, १३ साउन । गुगल र सामसङपछि अब एप्पल पनि स्मार्ट चस्माको क्षेत्रमा प्रवेश गर्ने तयारीमा छ । कम्पनीले हाल यस परियोजनामा काम गरिरहेको छ र एप्पलको पहिलो स्मार्ट चस्मा अर्को वर्ष बजारमा आउने अपेक्षा गरिएको छ ।
गोपनीयतासम्बन्धी चिन्ताहरूलाई सम्बोधन गर्न एप्पलले यस उपकरणमा विशेष सुविधाहरू समावेश गर्ने योजना बनाएको छ । गोपनीयताको विषयमा बलियो प्रतिष्ठा बनाएको एप्पलले आफ्ना ‘स्मार्ट ग्लास’ हरूमा पनि यसैमा विशेष जोड दिने योजना बनाएको छ । यस क्षेत्रको अग्रणी कम्पनी मेटाले आफ्ना ग्लासहरूको दुरुपयोगलाई लिएर कडा आलोचना खेप्नुपरेको थियो ।
यसैलाई मध्यनजर गर्दै एप्पल गोपनीयताको मामिलामा कुनै सम्झौता गर्न चाहँदैन । बजारमा ल्याउनुअघि गोपनीयतासम्बन्धी चिन्ताहरूलाई सम्बोधन गर्नकै लागि एप्पलले यो उपकरणको विकासमा लामो समय लिइरहेको विश्वास गरिन्छ ।







प्रतिक्रिया