रबि लामिछानेको बढ्यो सक्रियता, सर्बदलीय बैठक पछि पुगे शितलनिवास

काठमाडौं, १३ असार । सर्बदलीय बैठक पछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राष्ट्रपति निवास पुग्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गर्नुभएको हो ।

सो क्रममा सभापति लामिछानेले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकमा बारेमा जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार  १३ : ५५  बजे