काठमाडौं, ८ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी शक्तिहरूलाई एकताबद्ध भएर सरकारविरुद्ध देशव्यापी जनदबाब सिर्जना गर्न आह्वान गर्नुभएको छ।
पुष्पलाल स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले संसद्, सडक र जनआन्दोलनलाई समानान्तर रूपमा अघि बढाउँदै आवश्यक परे एकैदिन सरकार परिवर्तन गर्न सकिने दाबी गर्नुभयो।
प्रचण्डले साझा न्यूनतम कार्यक्रम बनाएर सबै वामपन्थी दलले आफ्नो क्षमताअनुसार काठमाडौंमा ५ देखि ७ लाख र प्रत्येक जिल्ला सदरमुकाममा १ देखि डेढ लाख कार्यकर्ता परिचालन गर्न सके सरकारमाथि प्रभावकारी दबाब सिर्जना गर्न सकिने बताउनुभयो।
उहाँले प्रतिक्रान्तिको प्रक्रिया अझै समाप्त नभएको दाबी गर्दै त्यसलाई परास्त गर्न वाम शक्तिबीच कार्यगत एकता तत्काल आवश्यक रहेको धारणा राख्नुभयो।
यद्यपि, अहिले नै सबै वाम दल एउटै पार्टीमा एकीकृत हुने अवस्था नरहेको उल्लेख गर्दै उहाँले तत्कालका लागि सहकार्य र साझा आन्दोलनमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो।







प्रतिक्रिया