बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ

काठमाडौं, ६ साउन । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उहाँलाई बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार अग्रवाललाई बिहीबार अदालतमा उपस्थित गराइनेछ।

प्रहरीका अनुसार विभिन्न बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको आरोपमा अग्रवालविरुद्ध गत २८ जेठमा पाटन उच्च अदालतमा मुद्दा दायर गरिएको थियो। जगदम्बा स्टील्सको नाममा लिइएको ४२ करोड १४ लाख रुपैयाँ कर्जा दुरुपयोग गरेको अभियोगमा उहाँका छोरा शाहिल अग्रवाल, सुलभ अग्रवाल तथा बिचौलिया दीपक भट्टविरुद्ध पनि मुद्दा दर्ता भएको छ।

मुद्दा दायर भएपछि लामो समयसम्म अदालतमा उपस्थित नभएकाले फरार सूचीमा रहेका अग्रवाललाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। मुद्दाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार  १८ : ०६  बजे