नेपालले आज पाकिस्तानमा कजाखस्तानसँग खेल्ने

काठमाडौं, ६ साउन । करिब एक वर्षपछि नेपाली पुरुष भलिबल टोली सेन्ट्रल एसियन भलिबल एसोसिएनस काभा च्याम्पियनसिप खेल्न मैदान फर्कदैछ ।

हरिहजुर थापा कप्तानीमा रहेको नेपालले आज आज बाट पाकिस्तानको इस्लामाबादमा सुरु हुने काभा च्याम्पियनपसिपमा प्रतिस्पर्धा गर्न लागेको हो। नेपालले पहिलो खेलमै कजाखस्तानसँग खेल्नेछ।खेल विहान साढे १० बजे सुरु हुनेछ।
नेपालले गत असोजमा बंगलादेशमा भएको काभा पुरुष नेसन्स लिग खेलेको थियो। त्यही प्रतियोगिताबाट हरिहजुर पुनः कप्तानी जिम्मेवारीमा फर्किएका थिए।

त्यसअघि नेपालले २०८० मा प्रतियोगिता खेल्दा कप्तान मानबहादुर श्रेष्ठ रहेका थिए। उनी संन्यास लिएर अस्ट्रेलिया पुगेका छन्।प्रशिक्षक जगदिश भट्टले यसपटक १२ मध्ये अधिकांश नयाँ खेलाडी समेटेर टिम तयार गरेको छन्। घरेलु भलिबलमा चर्चित नामसहित नयाँ खेलाडीलाई प्रमाणित गर्ने अवसर समेत रहेको छ। यसअघि खेलेका अधिकांश खेलाडी अस्ट्रेलिया पलायन भएपछि टिममा नयाँ खेलाडीले अवसर पाएका हुन्।

प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार  ०७ : १७  बजे