सिरहा, ५ साउन । सिरहाको नरहा गाउँपालिकामा वडा अध्यक्ष र सचिव बिच बार्गेनिङ नमिलेका कारण वडा कार्यालय बन्द हुदा सेवाग्राहीको काम ठ्ठप भएको छ। शुक्रबारदेखि सुरु भएको विवादपछि कार्यालयको नियमित सेवा प्रभावित बनेको हो ।
आर्थिक वर्षको अन्त्यसँगै योजनाको हिसाब किताब र रकम बाँडफाँटको विषयलाई लिएर वडा अध्यक्ष सम्झना सिंह र वडा सचिव रामानन्द सिंहबीच विवाद चर्किएको कर्मचारीहरु बताउँछन् । नरहा गाउँपालिका २ का वडा अध्यक्ष सम्झना सिंह र वडा सचिब रामानन्द सिंहबिच कमिसनको बार्गेनिङ नमिल्दा दुबैजना वडा कार्यालय छोडेर सम्पर्क बिहिन बनेको हो ।
आर्थिक वर्ष सकेको र उपभोक्ता तथा ठेकेदारसंग वडा अध्यक्ष सिंहले कमिसन उठाइ सचिवलाइ नदिएकोले कार्यालय बन्द गरेको कर्मचारीहरुको भनाइ छ । योजनाको कमिसन विवादका कारण शुक्रबार देखि आजसम्म वडा कार्यलय बन्द हुँदा सेवाग्राहीहरू समेत मर्कामा परेका छन् ।
स्थानीय जितु यादब भन्नुहुन्छ,‘वडा कार्यालय सञ्चालन खर्च तथा उपभोक्ता समितिबाट आउने कमिसन बापतको रकम बाँडफाँटलाई लिएर वडा सचिव र वडा अध्यक्षबीच शुक्रवार विवाद उत्पन्न भएको थियो ।’ वडा सचिव सिंहले पाउनु पर्ने कमिसनको हिस्सा नपाएको भन्दै वडा कार्यालय बन्द गरेको नाम उल्लेख नगर्ने शर्तमा एकजना कर्मचारीले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘अध्यक्ष र सचिवबिच असार २९ गतेबाट नै कमिसनको कुरोलाइ लिएर आनाकानी चलिरहेको थियो । तर, शुक्रवार सचिवले कार्यालय बन्द गरेर निस्किए ।’ कार्यालय किन बन्द गरिएको भन्ने जिज्ञासामा वडा सचिव सिंहले भन्नुभयो,‘अध्यक्ष र म बिच आन्तरिक विवादका कारण कार्यालय बन्द गरिएको हो ।’
उहाँले थप्नुभयो,‘यो हाम्रो ब्यक्तिगत कुरा हो’ भन्दै कारनबारे खुलाउन चाहेनन् । विवादबारे थप विवरण खुलाउन अस्वीकार गर्नुभएको छ । यता नरहा गाउँपालिका–२ का वडा अध्यक्ष सम्झना सिंहले भन्नुभयो,‘यो बिषयमा कुरा गर्न वडा कार्यालयमै आउनुपर्ने भन्नुभयो ।
सचिवले किन र के कारणले वडा कार्यालय बन्द गरिएको हो, त्यो बिषयमा बुझ्न वडामै आउनु भन्दै राख्नुभयो ।शुक्रवार गाउँपालिकामा हिसाब किताब मिलाउने र बाँडफाँट गर्ने सहमति भएपछि वडा सचिव सिंहले सोमबार दिउँसो करिब ३ बजे कार्यालय खोलेपनि आज पुनः बन्द गरिएको स्थानियहरु बताउँछन् ।
कार्यालय बन्द हुँदा सेवाग्राहीको सम्पुर्ण कामकाज ठप्प भएको छ। सेवाग्राहीले सामाजिक सुरक्षा भत्ता नवीकरण, नागरिकता सिफारिस, जन्मदर्ता, मालपोतसम्बन्धी सिफारिसलगायत सेवा लिन आएका दर्जनौँ सेवाग्राही सेवा नपाई फर्किन बाध्य भएका छन् ।
यता नरहा गाउँपालिकका कार्यलय प्रमुख उदित्य कुमार कर्णले आफू बिदामा रहेकोले यो बिषयमा कुनै जानकारी नरहेको बताउनुभयो ।







प्रतिक्रिया