फेसबुकमा एक्कासि समस्या, वेब संस्करण प्रयोगकर्तालाई ‘Temporarily Unavailable’ सन्देश

काठमाडौं, ३ साउन । सामाजिक सञ्जाल प्लाटफर्म फेसबुकको वेब संस्करणमा आइतबार एक्कासि प्राविधिक समस्या देखिएको छ। समस्या देखिएपछि प्रयोगकर्ताहरूले आफ्नो फेसबुक खाता खोल्न खोज्दा “Account Temporarily Unavailable” भन्ने सन्देश देखिएको बताएका छन्।

प्रयोगकर्ताहरूका अनुसार झण्डै आधा घण्टादेखि वेब ब्राउजरमार्फत फेसबुक प्रयोग गर्न कठिनाइ भइरहेको छ। यद्यपि, मोबाइल एपमार्फत फेसबुक सेवा भने सामान्य रूपमा सञ्चालन भइरहेको छ।

सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले आफ्नो फेसबुक खाता पहुँचबाहिर भएको तथा वेब संस्करणमा समस्या देखिएको भन्दै गुनासो गरेका छन्।

फेसबुकको मातृ कम्पनी मेटाले भने समाचार तयार पार्दासम्म यस विषयमा कुनै आधिकारिक धारणा वा समस्याको कारण सार्वजनिक गरेको छैन।

प्राविधिक समस्या समाधानका लागि कम्पनीले आवश्यक काम गरिरहेको अनुमान गरिएको भए पनि सेवा पूर्ण रूपमा कहिले सामान्य हुने भन्नेबारे औपचारिक जानकारी आउन बाँकी छ।

प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार  १४ : ५३  बजे