सुर्खेत, ३२ असार । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । आज कर्णाली प्रदेशका बिपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका ११ जना सांसद, राजकुमार शर्मा र कांग्रेसका ५ जना सांसद मिलेर अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको हो ।
नेपालको संविधानको धारा १८८ को उपधारा ४ र ५ बमोजिम यो प्रस्ताव दर्ता गरिएको जानकारी दिइएको छ । बुधबार सत्तारुढ दल नेपाली कांग्रेसले सरकार छाडेको थियो भने सरकारमा सहभागी ४ नजा मन्त्रीले राजीनामा दिनुभएको थियो ।
तर आज कांग्रेसका १६ जना सांसदले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुभएको हो । अविश्वासको प्रस्ताव दर्ता गराउने सांसदहरूले अब जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने तयारी गरेको जनाइएको छ ।








प्रतिक्रिया