बाराको पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

बारा, २९ असार । बाराको कलैया उपमहानगरपालिकामा पोखरीमा नुहाउने क्रममा डुबेर एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतबार साँझ करिब ६:३० बजे कलैया उपमहानगरपालिका–११ घोघरियास्थित पोखरीमा नुहाउने क्रममा स्थानीय सन्तोष पासवानकी ६ वर्षीया छोरी राधिका कुमारी पासवान डुबेर गम्भीर घाइते भएकी थिइन् ।

स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याएका थिए । अस्पतालमा गरिएको परीक्षण (ईसीजी) पछि साँझ करिब ७ः१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट बसपार्कबाट सई विमलेश यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक बिमल खतिवडाको नेतृत्वकोटोली पनि आवश्यक अनुसन्धान तथा मुचुल्का प्रक्रियाका लागि खटिएको थियो । मृतक बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति: २९ असार २०८३, सोमबार  १३ : ०३  बजे