आजवाट नयाँ प्रणालीमार्फत राहादानी दिन सुरू, केही समय अपेक्षित प्राविधिक समस्या आउन सक्ने

काठमाडौं, २९ असार । राहदानी विभागले नयाँ प्रणालीमार्फत नागरिकलाई सेवा दिन सुरू गरेको छ । विभागका अनुसार नयाँ प्रक्रियाबाट छापिएको राहदानी केही सेवाग्राहीले आज असार २९ गतेबाट लिन सुरू गरिसकेका छन । काठमाडौंको त्रिपुरेश्वरस्थित विभागको कार्यालयमै पासपोर्ट छापेर सेवा प्रवाह थालिएको विभागले जनाएको छ ।

‘नयाँ राहदानी लिन वा म्याद सकिएको वा अन्य कारणले राहदानी नवीकरण गर्नुपरेमा आफ्नो स्थायी बसोबास रहेको इलाका वा जिल्ला प्रशासन कार्यालय वा राहदानी विभाग वा विदेशस्थित नेपाली नियोगहरूबाट पूर्ववत रूपमा राहदानी सेवा लिन सक्नुहुने बेहोरा अनुरोध छ’, विभागले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ प्रणालीको स्थिरीकरणको अवधि तीन महिनासम्म रहने भएकाले केही समय अपेक्षित सामान्य प्राविधिक समस्या आउन सक्ने भए पनि राहदानी सेवा सहज, नियमित र सुचारु रहने अपेक्षा गरेको विभागले जनाएको छ ।

प्रकाशित मिति: २९ असार २०८३, सोमबार  १२ : ५१  बजे