मुम्बई, २६ असार । बलिउडको निकै लोकप्रिय र सफल ‘धमाल’ फ्रेन्चाइजको चौथो शृङ्खला ‘धमाल’ आजवाट हलहरूमा प्रदर्शन हुँदैछ । यस चलचित्रको ट्रेलर र कलाकारहरूको टोलीले पहिले नै निकै चर्चा बटुलिसकेको छ। यसका निर्माताहरू ‘धमाल ४’ ले पनि आफ्ना अघिल्ला शृङ्खलाहरू झैँ बक्स अफिसमा सफलता हासिल गर्ने कुरामा विश्वस्त छन् ।
यसैबीच, पाँचौँ शृङ्खलाका बारेमा पनि एउटा महत्त्वपूर्ण जानकारी बाहिर आएको छ । बलिउड हंगामाका अनुसार अनुसार ‘धमाल ४’को अन्त्यमा एउटा यस्तो दृश्य छ, जसले ‘धमाल ५’ आउने संकेत गर्छ। र, अघिल्ला चार चलचित्रहरू जस्तै ‘धमाल ५’ पनि निकै रमाइलो र उत्कृष्ट मनोरञ्जनले भरिपूर्ण चलचित्र हुने अपेक्षा गरिएको छ ।
इन्द्र कुमारद्वारा निर्देशित‘धमाल’मा यस फ्रेन्चाइजका मुख्य कलाकारहरू अजय देवगन, रितेश देशमुख, अरशद वारसी, सञ्जय मिश्र र जावेद जाफरीको पुनरागमन भएको छ । यस कमेडी शृङ्खलामा ईशा गुप्ता, सञ्जीदा शेख, अञ्जली आनन्द, उपेन्द्र लिमये, विजय पाटकर र रवि किशनजस्ता नयाँ अनुहारहरू पनि जोडिएका छन् ।
विशेष गरी ‘धमाल ४’ लाई देवगन फिल्म्सको सहकार्यमा गुलशन कुमार र टी सिरिजले प्रस्तुत गरेका हुन् भने यो टी सिरिज फिल्म्स, मारुती इन्टरनेसनल र प्यानोरामा स्टुडियोजको संयुक्त प्रस्तुति हो । यसको निर्देशन इन्द्र कुमारले गरेका हुन् भने अजय देवगन, भूषण कुमार, कृष्ण कुमार, अशोक ठकेरिया, इन्द्र कुमार, आनन्द पण्डित र कुमार मंगत पाठक यसका निर्माता हुन् ।
‘धमाल ४’लाई लिएर चर्चा बढ्दै गएको छ र दर्शकहरू यस चलचित्र प्रति निकै उत्साहित छन् । कोइमोईको एक रिपोर्ट अनुसार चलचित्रले पहिलो दिन १२ देखि १५ करोड रुपैयाँसम्मको व्यापार गर्न सक्ने अनुमान गरिएको छ । यदि दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएमा यो आँकडा अझ बढ्न सक्छ। यद्यपि, वास्तविक तथ्याङ्क भने चलचित्र प्रदर्शनमा आएपछि मात्र थाहा हुनेछ ।







प्रतिक्रिया