खेलकुद महासंघको अध्यक्षमा दिपेन्द्र दाहाल चयन

काठमाडौं, १६ असार । नेपाल खेलकुद महासंघको केन्द्रिय अध्यक्षमा दिपेन्द्र दाहाल चयन हुनुभएको छ । महासंघको आजको बैठकले दाहाललाई अध्यक्षमा चयन गरेको हो ।

दाहाल यस अघि महासंघको उपाध्यक्ष हुनुहुन्थ्यो । महासंघका अध्यक्ष पर्शुराम बस्नेत पार्टी केन्द्रीय सदस्य भए पछि सो पदबाट राजिनामा दिनुभएको थियो । बस्नेतको राजिनामा स्विकृत गदै दाहाललाई अध्यक्ष चयन गरेको हो ।

महासंघको आजको बैठकको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नूभएको थियो। त्यस्तै संगठन विभागका प्रमुख भानुभक्त ढकाल र जनसंगठन संयन्त्रका प्रमुख विशाल भट्टराईको उपस्थितीमा दाहाललाई अध्यक्ष चयन गरिएको हो ।

प्रकाशित मिति: १६ असार २०८३, मंगलबार  १९ : ५२  बजे