काठमाडौं, १६ असार । काठमाडौंर डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र तुषाल मल्टिभेन्युबीच ग्राहक, कर्मचारी, डिलर तथा सेवा साझेदारलाई स्वास्थ्य, फिटनेस र लाइफस्टाइलसम्बन्धी विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सुरु गरिएको यस सहकार्यमार्फत ग्राहकलाई देशभर स्वास्थ्य तथा वेलनेस सेवामा आकर्षक छुट र विशेष सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यस पहलले ग्राहक सहभागिता सुदृढ गर्नुका साथै वेलनेस सेवामार्फत थप मूल्य अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।सम्झौता अनुसार डिशहोमका कर्मचारी, अधिकृत डिलर, सेवा साझेदार तथा ग्राहकले तुषाल मल्टिभेन्युमा विभिन्न सेवामा विशेष छुट प्राप्त गर्नेछन्। यसअन्तर्गत साउना, स्टिम तथा ज्याकुजी सेवामा ५० प्रतिशत, नयाँ जिम सदस्यतामा २० प्रतिशत, चयनित वेलनेस तथा मनोरञ्जन सेवामा १५ प्रतिशत तथा फुड एन्ड बेभरेज सेवामा १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।
ग्राहकहरूले myDishHome एप डाउनलोड गरी दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडीमार्फत लगइन गरेर आफ्नो Virtual Privilege Card देखाई कुनै पनि Tranquility Spa शाखाबाट तत्काल छुट लिन सक्ने व्यवस्था गरिएको छ।
समझदारीपत्रमा तुषाल मल्टिभेन्युका आईटी हेड राजकुमार श्रेष्ठ र डिशहोमका वरिष्ठ कर्पोरेट हस्पिटालिटी अकाउन्ट अफिसर देवराज श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो । डिशहोमका अनुसार Virtual Privilege Card ग्राहक सन्तुष्टि तथा जीवनशैली प्रवर्द्धन गर्ने कम्पनीको दीर्घकालीन रणनीतिक अभियानको हिस्सा हो। यसअन्तर्गत कम्पनीले भोजन, आतिथ्य, यात्रा, वेलनेस, मनोरञ्जन तथा खुद्रा क्षेत्रका विभिन्न साझेदारसँग सहकार्य गर्दै आफ्ना ग्राहकलाई विशेष छुट, सुविधा तथा प्रिमियम अनुभव उपलब्ध गराउँदै आएको छ।
कम्पनीले आगामी महिनाहरूमा साझेदार सञ्जाल अझ विस्तार गर्दै ग्राहकका लागि थप विशेषाधिकार र जीवनशैलीसम्बन्धी सुविधा ल्याउने योजना रहेको जनाएको छ।
दुवै संस्थाका प्रतिनिधिहरूले यस सहकार्यले ग्राहक अनुभवलाई थप उत्कृष्ट बनाउनुका साथै स्वस्थ, सहज र गुणस्तरीय जीवनशैली प्रवर्द्धन गर्न तथा दीर्घकालीन रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।







प्रतिक्रिया