धर्नामा बसे भोट हाल्न नपाएका प्रतिनिधि

चितवन, १२ असार । रास्वपा महाधिवेशनमा आइपुग्न २ मिनेट ढिला भएर मतदान हलमा प्रवेश गर्न नपाएका प्रतिनिधिहरु गेटमा धर्ना बसेका छन् ।

उहाँहरुले निर्वाचन आयोगले आफूहरूमाथि अन्याय गरेको भन्दै महाधिवेशनको मतदान हल बाहिर धर्नामा बस्नुभएको हो । उहाँहरुले मतदान गर्न पाउनुुपर्ने माग राख्नुभएको छ ।

तर, समय सकिएको माइकिङ गर्दै निर्वाचन आयोगका पदाधिकारीले मतदानका लागि ढोका खोल्न नसकिने बताउनुभएको छ ।

प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार  १८ : ५५  बजे