इंग्ल्याण्ड र घानाबीचको खेल गोलरहित बराबरी

काठमाडौं, १० असार । इंग्ल्याण्ड र घानाबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । समूह चरणको दोस्रो खेल बराबरीमा टुंगिएको हो ।

समूह चरणको पहिलो खेलमा दुवै टोली विजयी भएका थिए । इंग्ल्याण्डले क्रोएसियालाई ४–२ ले हराएको थियो भने घानाले पानामालाई १(ण् ले पराजित गरेको थियो ।

खेल बराबरीमा टुंगिएसँगै दुवै टोलीले अंक साझा गरेका छन् । तालिकामा दुवै टोलीको समान चार अंक बनेको छ ।

प्रकाशित मिति: १० असार २०८३, बुधबार  ०७ : ५२  बजे