मोरक्कोले दर्ता गरायो पहिलो जित, स्कटल्याण्ड पराजित

काठमाडौं, ६ असार । मोरक्कोले विश्वकप २०२६ मा पहिलो जित दर्ता गराएको छ । समूह सीको दोस्रो चरणमा स्कटल्याण्डलाई उसले १(० गोलले हराएको हो ।

खेलमा मोरक्कोका इसामेल सैबरीले गोल गरे । उनले विश्वकपको यस संस्करणमा हालसम्म भएका खेलमा सबैभन्दा छिटो गोल गरेका हुन् । उनले खेलको ७० सकेन्डमा गोल गरेका हुन् ।

इसामेलले यसअघि ब्राजिलसँग भएको खेलमा पनि गोल गरेका थिए । उक्त खेल बराबरीमा रोकिँदा मोरक्कोले एक अंक जोडेको थियो । स्कटल्याण्डसँगको जितसँगै तीन अंक पाउँदा मोरक्कोले तालिकामा चार अंक जोडेको छ ।

मोरक्कोले स्कटल्याण्डको नकआउट चरण प्रवेशलाई धकेलिदिएको छ । उक्त समूहबाट पहिलो खेल स्कटल्याण्डले मात्रै जितेको थियो । स्कटल्याण्डले हाइटीलाई १(ण् ले हराउँदै तालिकामा तीन अंक जोडेको थियो ।

प्रकाशित मिति: ६ असार २०८३, शनिबार  ०९ : २४  बजे