काठमाडौं, ३ असार । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले पहल गरिरहेको बताउनुभयो ।
विनियोजन विधेयक २०८३ को मन्त्रालयका विभिन्न शीर्षकमाथि उठेको प्रश्नको जवाफ दिँदै सरकारले कूटनीतिक माध्यमबाट सरकारले पहल गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘विगतमा जस्तै सहज रूपमा चिया निर्यात सहजीकरण गर्न चिया उद्योगीहरूका समस्या समाधानका लागि मन्त्रालयको गम्भीर भएर पहल भइराखेको छ । यस विषयमा प्राविधिक तथा कूटनीतिक रूपमा आवश्यक पहल गरिएको छ ।’
उहाँले छलफल सकारात्मक दिशा तर्फ गइराखेको जानकारी गराउनुभयो ।








प्रतिक्रिया