काठमाडौं, १ असार । कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ५८ लाख रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गर्नुभएको छ।
सोमबार प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो।
प्रदेश सरकारले चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ, पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ १५ करोड रुपैयाँ विनियोजन गरेको छ।
मन्त्री लिङ्थेपले आगामी बजेट चालु आर्थिक वर्षको तुलनामा १२.७४ प्रतिशतले वृद्धि भएको जानकारी दिनुभएको छ।
त्यसैगरी स्थानीय तहलाई वित्तीय हस्तान्तरणअन्तर्गत ५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ विनियोजन गरिएको छ।








प्रतिक्रिया