काठमाडौं, २९ जेठ । फिफा विश्वकप २०२६ अन्तरगत समूह चरणको रोचक खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ को संघर्षपूर्ण जित हासिल गरेको छ ।
सुरुमा १ गोलले पछि परेको कोरियाले उत्कृष्ट पुनरागमन गर्दै चेक रिपब्लिकलाई स्तब्ध तुल्यायो ।मेक्सिकोको ग्वाडालजरा रंगशालामा भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । ५९ औं मिनेटमा चेक रिपब्लिकका लागि लादिस्लाभ क्रेज्कीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । र, ८ मिनेपछि नै दक्षिणअफ्रिकाले बराबरी गोल फर्कायो ।ह्वान इनबियोमले ६७ औं मिनेटमा गोल गरेर स्कोर बराबरी बनाए । ८० औं मिनेटमा दक्षिण कोरियाका ओयच ह्याङयुले अर्को गोल थपेर टोलीलाई अग्रता दिलाएका थिए ।त्यसपछि दुवैतर्फबाट थप गोल हुन सकेन र कोरियाले महत्वपूर्ण तीन अंक जोड्यो ।








प्रतिक्रिया