ओलीको आक्रोश, के–को सम्पत्ति विवरण ? सरकार खरानी उठाएर लैजा

काठमाडौं, २० जेठ । एमाले अध्यक्ष केपी ओली सरकारले बनाएको सम्पत्ति छानबिन आयोगलाई बयान नदिने घोषणा गर्नुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै यस्ता आयोगलाई मान्यता नदिने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘अरू कसैले बयान दिए पनि म चाहिँ बयान दिन्नँ। यो राज्य, राज्य होइन। कसैको अचाक्ली सम्पत्ति देखियो, अकुत सम्पत्ति देखियो भने छानबिन गरोस्। त्यो आयोग कि समिति के हो ? त्यो कुनै संवैधानिक आयोग, समिति केही पनि होइन ।’

नयाँलाई छानबिन नगर्ने, सेनालाई छानबिन नगर्ने, केपी ओली र रमेश लेखकलाई फसाउने अथवा पुरानालाई जसरी पनि फसाउनको लागि आयोग बनाइएको बताउनुभयो ।

‘फेरि पनि म भन्न चाहन्छु, यस्ता आयोगलाई हामी मान्यता दिँदैनौँ। त्यसमा सम्पत्ति विवरण भरेर म पठाउन्नँ, जे जे गर्न सक्छ गरोस्। उहाँले भन्नुभयो,‘राज्य, यो पूर्वाग्रह र प्रतिशोधको पोको हो, त्यो कुराहरू स्वीकार्य हुन सक्दैन । अकुत सम्पत्ति देखियो भने छानबिन गरोस् । आगो लगाएर खरानी बनाएका ठाउँमा मेरो सम्पत्ति विवरण, खरानी भर्दिने मैले ? सम्पत्ति विवरण फेरि चाहियो ? आगो लगाएर पुगेन सम्पत्ति विवरण ? खरानी छ उठाएर लैजा सरकार के को सम्पत्ति विवरण ?’

प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार  १८ : ०६  बजे