भदौ २३ र २४ गतेको घटना जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन समितिको म्याद थप

काठमाडौं, १९ जेठ । सरकारले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको समय थप गरेको छ । आज दिउँसो बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले गृह मन्त्रालयको प्रस्तावमाथि छलफल गर्दै सरकारले २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनमाथि अध्ययन गर्ने समितिको म्याद थप गरेको बताउनुभयो ।

सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित उक्त समितिको कार्यावधि ४५ दिनका लागि थप गरिएको हो ।

प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार  १६ : ०७  बजे