प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्मका लागि स्थगित, विपक्षीको अवरोध कायमै

काठमाडौं, १९ जेठ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी जेठ २५ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा विपक्षी दलले अवरोध कायमै राखेपछि सभामुख डोलप्रसाद अर्यालले आगामी जेठ २५ गते बिहान ११ बजे बस्ने गरी बैठक स्थगित भएको घोषणा गर्नुभयो ।

बैठक प्रारम्भ हुनेबित्तिकै विपक्षी दलका सांसद उभिएर विरोध जनाएका थिए । सभामुख अर्यालले कानुन निर्माण गर्ने महत्त्वपूर्ण थलो भएकाले सदन सञ्चालनका लागि सहयोग गर्न पटक–पटक आग्रह गर्नुभयो ।

विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्ति फिर्ता नलिएसम्म संसद् अघि बढ्न नदिने अडान राख्दै वेल घेराउ गरेका हुन् । विपक्षीको विरोध र नाराबाजीका कारण संसद्को नियमित कार्यसूची प्रभावित हुँदै आएको छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार  १६ : ०२  बजे