गृह मन्त्रालयको बजेटमा झण्डै आधा कटौती, रक्षा मन्त्रालयको बजेट बढ्यो

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि गृह मन्त्रालयको बजेटमा उल्लेख्य कटौती गरेको छ भने रक्षा मन्त्रालयको बजेटमा वृद्धि गरिएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले शुक्रबार संघीय संसद्मा प्रस्तुत गर्नुभएको बजेटअनुसार गृह मन्त्रालयका लागि १ खर्ब ८ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गत आर्थिक वर्ष २०८२/०८३ मा गृह मन्त्रालयका लागि २ खर्ब ८ अर्ब ६२ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । यस आधारमा आगामी आर्थिक वर्षका लागि गृह मन्त्रालयको बजेट झण्डै आधाले घटाइएको देखिएको छ ।

यता रक्षा मन्त्रालयको बजेट भने केही बढाइएको छ । आगामी आर्थिक वर्षका लागि रक्षा मन्त्रालयमा ६४ अर्ब ९६ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्ष २०८२/०८३ मा रक्षा मन्त्रालयका लागि ६२ अर्ब १ करोड २१ लाख रुपैयाँ बजेट छुट्याइएको थियो । यससँगै रक्षा मन्त्रालयको बजेटमा करिब ३ अर्ब रुपैयाँको वृद्धि भएको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  २० : ४१  बजे