काठमाडौँ, १५ जेठ । नेकपा (एमाले)की सचिव पद्माकुमारी अर्याल ले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट कार्यान्वयन हुन नसक्ने टिप्पणी गर्नुभएको छ ।
सिंहदरबारमा सञ्चारकर्मीसँग प्रारम्भिक प्रतिक्रिया दिँदै सांसद अर्यालले बजेटमा घोषणा गरिएका कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन नगरिएको तथा कार्यान्वयनको स्पष्ट आधारसमेत प्रस्तुत गर्न नसकिएको बताउनुभयो ।
उहाँले सरकारले नवीनताको नाममा अन्योल थपेको आरोप लगाउँदै विगतका सरकारहरूले ल्याएका कार्यक्रमलाई नाम परिवर्तन गरेर पुनः प्रस्तुत गरिएको तर त्यसअनुसार बजेट व्यवस्था नगरिएको उल्लेख गर्नुभयो ।
“सरकारले बजेटमा पुराना सरकारहरूले ल्याएका कार्यक्रमको नाम परिवर्तन गरेर ल्याएको छ, तर बजेट छुट्याएको छैन । कुनै कार्ययोजना देखिँदैन । नवीनताको नाममा अन्योल देखिन्छ,” उहाँले भन्नुभयो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो ।








प्रतिक्रिया