काठमाडौं, १० जेठ । रोल्पामा जन्मिएर काठमाडौंमा मोडलिङमा भविष्य खोजिरहेकी अस्मिता बुढा मगर ‘रानीफूलैमा’ म्युजिक भिडियोमार्फत चर्चामा आएकी छन् । पहिलो मोडलिङ प्रोजेक्ट भए पनि उनले आफ्नो अभिनय र नृत्यबाट छोटो समयमै दर्शकको मन जित्न सफल भएकी हुन् ।
नेपाली मोडलिङ क्षेत्रमा नयाँ प्रतिभाको रूपमा बुढा मगरको इन्ट्री भएसँगै आफूले यही क्षेत्रमा भविष्य बनाउन चाहेको बताइन् । यही सपना बोकेर रोल्पाबाट सपना बोकेर काठमाडौँ बताउने उनले पहिलो अवसर रानीफूलैमा पाएकी हुन् । उनले भनिन्,‘पहिलो पटक मोडलिङ गरेको गीतलाई नै दर्शक र श्रोताहरूले यति धेरै मन पराइदिनुहुन्छ भन्ने सोचेकी थिइन । यस सफलताले मलाई कला क्षेत्रमा अझै मेहनत गर्ने प्रेरणा दिएको छ ।’

सार्वजनिक भएको एक दिनमै गीतले १ लाख ३९ हजार भन्दा बढी भ्युज बटुलिसकेको छ । दीपक घर्ती मगरको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा निता थापा मगर, कमल घर्ती मगर, सुनिता थापा र दीपककै स्वर रहेको छ । सिद्धार्थ आले मगर र कमल घर्ती मगरको लिरिक्स रहेको गीतमा कमल घर्ती मगरकै संगीत रहेको छ । गीतमा अस्तिमा, अजय पुन मगर, दीपक घर्ती मगर र पुष्प सेन्चुरीको अभिनय छ ।








प्रतिक्रिया