लम्बियो एमाले सचिवालय बैठक, भोलि कार्यविभाजनका लागि प्रस्तावित नाम संशोधन हुनसक्ने सम्भावना

काठमाडौं, ८ जेठ । नेकपा एमालेको सचिवालय बैठक आजका लागि सकिएको छ । अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास गुण्डुमा बसेको आजको बैठक सकिएको उपमहासचिव लेखराज भट्टले बताउनुभयो ।

उहाँका अनुसार अर्को बैठक भोलि ११ः३० बजे बस्नेछ। उहाँले आज कार्य विभाजनको विषयमा प्रवेश नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘आज ५ जनाले लामो समयसम्म बोल्नुभयो, अब १२ जना बोल्न बाँकी छ ।’ उहाँले बैठकमा आएको सुझावको आधारमा कार्यविभाजनका लागि प्रस्तावित नाम संशोधन हुनसक्ने औल्याउनुभयो ।

प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार  १८ : ०८  बजे