जनकपुरधाम, ७ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) मा समाहित भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसहितको संयुक्त मधेश प्रदेश संसदीय दलको नेतामा सरोज कुमार यादव (बारा) सर्वसम्मत चयन हुनुभएको छ । बुधबार र बिहीबार दुई दिनसम्म बसेको बैठकले बिहीबार यादवलाई संसदीय दलको नेतामा चयन गरेको हो ।
मधेश प्रदेश सभा संसदीय दलको कार्यालयमा बसेको बैठकले निर्णय गरेको पूर्व अर्थमन्त्री एवं प्रदेश सभा सदस्य सञ्जय कुमार यादवले जानकारी दिनुभयो । जसपा नेपालको १८ र लोसपाका ८ गरी मधेश प्रदेश सभामा हाल संयुक्त रूपमा २६ जना प्रदेश सभा सदस्य छन् । आजको बैठकले पुर्व मुख्यमन्त्रीसमेत रहेका यादवलाई सहमतिको आधारम दलको नेता चयन गरिएको हो ।
।








प्रतिक्रिया