काठमाडौं, ७ जेठ । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहको नियतमाथि प्रश्न उठाएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीले सदनलाई छल्ने र अपमान गरेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो,‘जनमतलाई हुर्मत लिने काम हुँदैछ । त्यसकारण संविधानको धारा ७६ को १० बमोजिम सदनप्रति उत्तरदायी बन्नुपर्छ सरकार, जनताका आवाजहरू सुनुवाइ गर्नुपर्छ र त्यसप्रति जवाफ दिनुपर्छ भन्ने हामीले भनेका थियौँ । प्रतिनिधि सभा नियमावली २०७९ को नियम ५६ मा गरिएको व्यवस्थालाई अनदेखा भएको छ ।’
उहाँले प्रतिनिधि सभाको नियमावलीलाई अनदेखा गरेर सदन अगाडि बढ्न नसक्ने अडान सुनाउनुभयो । उहाँसहित नेकपाका सांसद युवराज दुलाल, श्रम संस्कृतिका आरेन राई, राप्रपाकी खुश्वु ओलीले पनि सदनमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडान राख्नुभयो ।








प्रतिक्रिया