विपक्षीले प्रधानमन्त्री खोजेपछि सभामुखले गरे बैठक स्थगित

काठमाडौं, ७ जेठ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलको अवरोधपछि आजै १५ मिनेटपछि बस्नेगरी सभामुख डीपी अर्यालले बैठक स्थगित गर्नुभएको हो ।

प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानूनमन्त्री सोविता गौतमलाई प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक विचार गरियोस् भनी प्रस्ताव पेश गर्न सभामुखले समय दिएपछि उठेर विरोध जनाएका थिए ।

विपक्षीले आफूहरुले उठाएको प्रश्नको जवाफ सदनमा प्रधानमन्त्री आएर दिनुपर्ने अडान राखेका छन् ।

प्रकाशित मिति: ७ जेष्ठ २०८३, बिहिबार  १४ : ५९  बजे