वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं, ४ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ ।उहाँ वीरगञ्जबाट पक्राउ पर्नुभएको हो । प्रहरी स्रोतका अनुसार, उहाँलाई वीरगञ्जको दियोलो होटलबाट पक्राउ गरिएको हो ।

उहाँलाई ‘माथिको आदेश’ भन्दै प्रहरीले पक्राउ गरेको हो । प्रहरी स्रोतले उहाँ पक्राउ परेको पुष्टि गरे पनि कुन कसुरमा पक्राउ गरिएको भन्नेबारे थाहा नभएको बताएको छ ।राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत रहनुभएका प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुग्नुभएको थियो ।

वीरगञ्जमा मंगलबार हुने कार्यक्रममा सहभागी हुन उहाँ त्यहाँ पुग्नुभएको थियो । सो क्रममा उहाँले विमानस्थलमै सञ्चारकर्मीहरूसँग कुराकानी पनि गर्नुभएको थियो । वर्तमान सरकार र रास्वपा सांसदहरूमाथि उहाँले विभिन्न आलोचनासहितका टिप्पणी सञ्चारकर्मीसँग गर्नुभएको थियो ।

प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार  २१ : ३७  बजे