रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक

काठमाडौं, २ जेठ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यहि मे १९ र २० तारिखमा चीनको भ्रमण गर्नुहुने भएको छ । अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रको चीन भ्रमण सकिए लगत्तै रुसी राष्ट्रपतीको कार्यालयले मे १९ र २० तारिख अर्थात आउँदो मंगलवार र बुधवारको भ्रमण तालिका सार्वजनिक गरेको हो ।

भ्रमणको क्रममा रूसी राष्ट्रपति पुटिनले आफ्ना चिनियाँ समकक्षी सी जीनपीङसँग भेटवार्ता गरेर चीन र रुस बीचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्ने बारे छलफल गर्ने रुसी विज्ञप्तिमा उल्लेख छ ।

पुटिन र सीले प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरुमा पनि विचार आदान–प्रदान गर्ने र वार्ता पछि संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको जनाइएको छ । भ्रमणले युक्रेन–रूस द्वन्द्व लगायत व्यापार र भू–राजनीतिक तनाव कम गर्न भुमिका खेल्ने अपेक्षा छ । चीनले युद्व अन्त्य गर्न नियमित रूपमा वार्ताको आह्वान गर्दै आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गरेको जनाएको छ ।

प्रकाशित मिति: २ जेष्ठ २०८३, शनिबार  २० : ३३  बजे