एमालेले २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गर्‍यो

काठमाडौं, २६ वैशाख । नेकपा एमाले संसदीय दलको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ । सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आउँदो बजेट अधिवेशनमा प्रभावकारी भुमिका निर्वाह गर्न ‘संसदीय बोर्ड’ गठन गरेको हो ।

एमालेका प्रमुख सचेतक ऐन महरकाअनुसार नवनिर्मित संसदीय बोर्डमा दलका नेता, उपनेता, राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका सचेतक गरी ६ जना पदाधिकारी र बाँकी दुवै सदनका संसदीय समितिमा पार्टीको तर्फबाट नेतृत्व गर्ने सांसदहरु रहनेछन् ।

बैठकले सरकारको पछिल्लो कार्यशैलीप्रति आपत्ति प्रकट गरेको छ । प्रमुख सचेतक महरले सरकारले संसदलाई उपेक्षा गरेको आरोप लगाउनुभयो ।

प्रकाशित मिति: २६ बैशाख २०८३, शनिबार  १८ : २९  बजे