काठमाडौं, २६ वैशाख २६ । सरकारले १३ स्थानीय तहलाई डेङ्गी सङ्क्रमणविरुद्ध सर्तकता अपनाउन आग्रह गरेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले ती १३ स्थानीय तहमा डेङ्गी सङ्क्रमण देखिएकाले सतर्कता अपनाउन आग्रह गरिएको बताउनुभयो ।
हामीले पुस यता सबै स्थानीय तहको डेङ्गी सङ्क्रमणको अवस्थाको अध्ययन गरिरहेका छौँ, उहाँले भन्नुभयो , अन्य स्थानीय तहमा फाट्टफुट्ट डेङ्गी सङ्क्रमण देखिएका छन्। तर यी १३ स्थानीय तहमा पाँच वटासम्म सङ्क्रमण देखिएकाल सतर्कता अपनाउन पत्राचार गरेका छौँ।
उहाँका अनुसार ती स्थानीय तह ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, झापाको भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका, मेची नगरपालिका र कचनाकेवल गाउँपालिका, सुनसरीको धरान उमहानगरपालिका म्याग्दीको वेनी नगरपालिका, चितवनको भरतपुर महानगरपालिका, रूपन्देहीको बुटवल उपमहानगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिका हुन्।
पुसयता करिब ६ सय जनामा सङ्क्रमण देखिएको थियो। शाखा प्रमुख डा. दाहालले अहिलेको पानीले सङ्क्रमण नबढाउने बताउनुभयो ।
ुअहिलेको पानीले डेङ्गी सार्ने लामखुट्टे फैलिने छैन। एकछिन आउने त्यसपछि नआउने खालको छ, उहाँले भन्नुभयो, त्यसैले अहिलेको पानीमा डेङ्गी सार्ने लामखुट्टे फैलिने सक्दैन। सङ्क्रमणको जोखिम कम छ। पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फूल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेङ्गी सङ्क्रमण लाग्दछ।








प्रतिक्रिया