आईपीएल क्रिकेटमा मुम्बईले लखनउलाई हरायो

काठमाडौं, २२ वैशाख । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा मुम्बई इन्डियन्सले लखनउ सुपर जाइन्टसलाई ६ विकेटले हराएको छ ।

वानखेडेमा लखनउले दिएको २२९ रनको लक्ष्य घरेलु टोली मुम्बईले १८ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । त्यसअघि टस हारेर ब्याटिङ गरेको लखनउले ५ विकेट गुमाएर २२८ रन बनाएको थियो ।

आईपीएलमा मुम्बई १० खेलमा ६ अङ्कका साथ तालिकाको नवौँ स्थानमा छ भने लखनउ ९ खेलमा ४ अङ्कका साथ तालिकाको पुछारमा छ । आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्ग्स खेल्नेछन् ।

प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार  ०७ : ५०  बजे