काठमाडौं, १७ वैशाख। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले मुम्बई ईन्डियन्सलाई ६ विकेटले हराएको छ ।हिजो बेलुका वानखेडेमा भएको खेलमा हैदरावादले मुम्बईलाई ६ विकेटले हराएको हो । ‘टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २४३ रन बनाएको थियो । मुम्बईका रायान रिकल्टनले अविजित १२३ रन बनाए पनि टोलीको जीतका लागि पर्याप्त भएन । २४४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावादले १८ ओभर ४ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । हैदरावादका ट्रभिस हेडले ७६ तथा हेनरिक क्लासेनले अविजित ६५ रन बनाए । हैदरावाद तालिकाको तेस्रो स्थानमा छ भने मुम्बई तालिकाको नवौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)ले खेल्दैछन् ।
0
Shares








प्रतिक्रिया