काठमाडौं, १५ वैशाख । शिक्षा पहुँच विस्तारको प्रयासस्वरूप एक वास्तविक सुकुम्बासी परिवारका बालकलाई काठमाडौँको लालिगुराँस बाटिका सेकेन्डरी स्कुल मा कक्षा १० सम्म निःशुल्क अध्ययनको अवसर प्रदान गरिएको छ।
विद्यालय प्रशासनका अनुसार उक्त बालकका लागि औपचारिक रूपमा सिट सुरक्षित गरिएको छ र उसलाई आधारभूत तहदेखि माध्यमिक तह (कक्षा १०) सम्म कुनै पनि शुल्क नलिई अध्ययन गराइनेछ। आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन सक्ने बालबालिकालाई लक्षित गर्दै यस्तो पहल गरिएको विद्यालयले जनाएको छ।
यस कदमलाई सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको महत्वपूर्ण निर्णयका रूपमा हेरिएको छ। विद्यालयले आगामी दिनमा पनि यस्ता विपन्न तथा सुकुम्बासी समुदायका बालबालिकालाई शिक्षामा पहुँच दिलाउने कार्यक्रमलाई निरन्तरता दिने संकेत गरेको छ।
शिक्षा क्षेत्रमा समान पहुँच र समावेशीतालाई सुदृढ बनाउन निजी तथा संस्थागत विद्यालयहरूको यस्तो पहलले सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।








प्रतिक्रिया