काठमाडौं,२ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई दिनभित्रै इरानसँग वार्ता हुनसक्ने दाबी गर्नुभएको छ । अमेरिकी सञ्चारमाध्यमसँगको अन्तरवार्ताको क्रममा उहाँले छिट्टै इरानसँग वार्ता हुने र त्यो वार्ता पनि पाकिस्तानको इस्लामाबादमै अघि बढ्ने बताउनुभएको छ । गएको शुक्रबार इरान र अमेरिकाबीच इस्लामाबादमा २१ घण्टा लामो वार्ता भएको थियो । तर त्यो वार्ताले सहमतिका लागि कुनै ठोस निष्कर्ष निकाल्न सकेन । अमेरिकाले अत्यधिक सर्त राखेका कारण वार्ता परिणाममुखी नभएको इरानको आरोप छ । वार्ता असफल भएसँगै अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरेका उपराष्ट्रपति जेडी भान्स स्वदेश फर्किनुभएको थियो । वार्ता असफल भएलगत्तै होर्मुजमा अमेरिकाले नाकाबन्दी गरेको छ ।
24
Shares








प्रतिक्रिया