काठमाडौं, २७ चैत्र । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित हुनुभएको छ ।
आजको बैठकमा भएको मतदानबाट २५ वर्षीया ठाकुर उपसभामुखमा निर्वाचित हुनुभएको हो । योसँगै नेपालको संसद्ले इतिहासकै कान्छी उपसभामुख पाएको छ ।
बैठकमा २५७ जना सांसद उपस्थित भएकोमा ठाकुरको पक्षमा २२९ मत खसेको सभामुख डीपी अर्यालले जानकारी दिनुभयो । यस्तै उहाँको विपक्षमा ५ र तटस्थ २२ मत खसेको छ । ठाकुरको पक्षमा रास्वपा, कांग्रेस, नेकपाका सांसदले पनि मत दिएका छन् ।यस्तै उपसभामुखकी अर्का उम्मेदवार रास्वपाकी सरस्वती लामाको पक्षमा भने जम्मा ५ मत खसेको छ । लामालाई राप्रपाका सांसदले मात्रै मत दिएका हुन् । यस्तै उहाँको विपक्षमा २१५ र तटस्थ ३७ मत खसेको छ ।
प्रतिनिधिसभाको सभामुख निर्विरोध निर्वाचित भए पनि उपसभामुखमा मतदान भएको हो ।








प्रतिक्रिया