काठमाडौं, २६ चैत — नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक को पक्राउको कुनै औचित्य पुष्टि हुन नसकेको बताउनुभएको छ।
ओली र लेखकलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइएपछि प्रतिक्रिया दिँदै पोखरेलले गौरीबहादुर कार्की आयोगको पूर्वाग्रही प्रतिवेदनका आधारमा गरिएको पक्राउ १० दिन बितिसक्दा पनि पुष्टि हुन नसकेको दाबी गर्नुभएको हो।
उहाँले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भन्नुभएको छ,
‘कार्की आयोगको प्रतिशोधी, पूर्वाग्रही र अपूर्ण प्रतिवेदनलाई आधार बनाएर गरिएको गैरकानुनी गिरफ्तारीको १० दिन बित्दा पनि औचित्य पुष्टि हुन सकेन। अन्ततः हाजिरी जमानीको सहारा लिनु पर्यो। यसले धेरै प्रश्न उठाएको छ।’
पोखरेलले ओली र लेखकमाथि राजनीतिक प्रतिशोधका आधारमा सरकारले कारबाही गरेको आरोपसमेत दोहोर्याउनुभएको छ।
यसअघि सर्वोच्च अदालतले चैत २३ गते बेलुका पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकमाथिको अनुसन्धान चैत २६ गते बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो।
अदालतले तोकिएको समयसीमाभित्र अनुसन्धान पूरा हुन नसके शर्तसहित रिहा गर्न आदेश दिएको थियो। सोही आदेशअनुसार दुवै जनालाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइएको हो।
यस घटनाले राजनीतिक वृत्तमा थप बहस र प्रतिक्रिया उत्पन्न गरेको छ।
औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानीको सहारा लिइयो : शंकर पोखरेल

प्रतिक्रिया