लेबनानमा भीषण इजरायली हमलापछि इरानले फेरि बन्द गर्‍यो होर्मुज जलमार्ग

काठमाडौं, २६ चैत्र । इजरायलले लेबनानका धेरै स्थानहरूमा हवाई आक्रमण जारी राखेपछि इरानले हर्मुज जलमार्ग फेरि बन्द गरेको छ । समाचार एजेन्सी एपीका अनुसार अमेरिका(इरान युद्धविरामपछि पनि इजरायलले लेबननमा आक्रमण जारी राखेपछि इरानले जलमार्ग बन्द गरेको हो ।
इजरायलले गएराति बेरुत, बालबेक, हर्मेल, नाबाटिएह, एले जिल्ला, सिदोन र टायरमा भीषण हमला गरेको थियो । यसअघि, लडाकू समूह हिज्बुल्लाहले लेबनानलाई युद्धविराममा समावेश नगरिए सम्झौता तोडिने चेतावनी दिएको थियो । इरानी सेना ुइस्लामिक रिभोलुसनरी गार्ड कप्र्सु ९आईआरजीसी०ले लेबनानमा भइरहेका इजरायली आक्रमणहरू तत्काल नरोकिए इजरायलले पछुतो मान्नुपर्ने गरी जवाफ दिन आफू पछि नपर्ने चेतावनी दिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम योजनामा ​​हिज्बुल्लाहलाई समावेश नगरिएको बताएका छन् । यसअघि, इरानले अमेरिकालाई १० बुँदे युद्धविराम योजना पठाएको थियो, जसमा हिज्बुल्लाहमाथि आक्रमण रोक्न माग गरिएको थियो ।

अमेरिका र इरान लगभग ४० दिनपछि दुई हप्ताको युद्धविराममा सहमत भएका हुन्। ट्रम्पले पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ र सेना प्रमुखको अपीलपछि यो निर्णय गरिएको बताए ।

प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार  ०७ : १९  बजे