काठमाडौं, २१ चैत्र । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई पाँच सन्देश पठाउनुभएको छ ।जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरी हिरासतमा रहेर त्रिवि त्रिक्षण अस्पतालमा उपचाररत अध्यक्ष ओलीले पार्टी नेता कार्यकर्ता आपसमा भिड्न लागेको थाह पाएपछि यी सन्देश पठाएका सचिव महेश बस्नेतले बताउनुभएको छ ।
बस्नेतले शुक्रबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रहरी हिरासतमा रही स्वास्थ्यका कारण त्रिबि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू आफूमै भिडेर विरोधीको मसाल बनेका एमाले पङ्क्तिलाई खास सन्देश पठाउनु भएको छ।’
बस्नेतका अनुसार अध्यक्ष ओलीका सन्देश यस्ता छन्–
१) २३/२४ गतेका घटनाको सत्यतथ्य सधैंका लागि कहाँ लुक्ला र? यो छिटै बाहिर आउँछ।
२) एमालेलाई आज मात्र प्रहार भएको हो र? विगतदेखि प्रहार हुँदै आएको छ, एमालेलाई जनताले कमजोर बनाउने परिस्थिति सिर्जना नहुँदा जनताको नाममा केही प्रायोजित मान्छेहरूले भावनाको व्यापार गरे त्यसलाई हामीलाई च्यात्न सकेनौँ।
३) समय सधैँ एकनासको हुँदैन, हामीले हाम्रो प्रतिबद्धता, सत्यसँग नलड्नु, असत्यसँग नझुक्नु यसमा लडखडाउनु हुन्न। सधैँ झैँ संघर्षलाई जारी राख्नुपर्छ।
४) कुरा स्पष्ट छ, त्यो सबैलाई थाहा पनि छ, राष्ट्रियता रक्षा र समृद्धिको सपना साकार पार्न लाग्दा ज्यान लिने समेतका षड्यन्त्र नभएका थिएनन्, अहिलेसम्म बाँचिएको छ, अहिले अस्थायी घेराबन्दीको यो चरम रूप हो।
५) कार्यकर्ता पंक्तिले यतिबेला विरोधीको मसाल बन्नुहुन्न, अझै एकताबद्ध भएर वास्तविकता र यथार्थलाई उजागर गर्न लाग्नुपर्छ।







प्रतिक्रिया