काठमाडौं, १९ चैत्र । गृहमन्त्री सुधन गुरुङले सेवाग्राहीलाई अनावश्यक सास्ती नपरोस् भनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के अनुगमन गर्नुभएको छ।
पटक–पटक सर्वसाधारणबाट बारम्बार गुनासो आएपछि मन्त्री गुरुङ साँझको समयमा आफ्नो टोलीसहित विमानस्थल पुगेर सेवाको अवस्था निरीक्षण गर्नुभएको हो।
अनुगमनका क्रममा उहाँले सम्बन्धित कर्मचारीहरूलाई स्पष्ट निर्देशन दिनुभयो कि विदेशबाट फर्किएका नागरिक र सर्वसाधारणले कुनै प्रकारको असुविधा नपाउनुहोस्। सामान्य लत्ताकपडा वा व्यक्तिगत सामानमा अनावश्यक जाँच नगर्न र सेवाग्राहीलाई दु:ख नपु-याउने व्यवस्था मिलाउन पनि उहाँले आदेश दिनुभयो।
मन्त्री गुरुङले भन्नुभयो, “विदेशबाट फर्किएका नागरिकले विमानस्थलमै दु:ख भोग्नु हुँदैन। यस्तो गुनासो दोहोरिन नदिन सबै कर्मचारी सचेत रहुन्।”
उहाँको यस कदमलाई विमानस्थल सेवामा सुधार ल्याउने प्रयासको रूपमा हेरिएको छ।







प्रतिक्रिया