एमालेका अध्यक्ष ओलीविरुद्ध अनुसन्धानका लागि थप दुई दिन म्याद

काठमाडौँ, १९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जारी अनुसन्धानका लागि अदालतले थप दुई दिनको म्याद दिएको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले बुधबार उक्त आदेश जारी गर्दै अनुसन्धान प्रक्रियालाई निरन्तरता दिन अनुमति दिएको हो।

ओलीमाथि जारी अनुसन्धानसँग सम्बन्धित कागजात, बयान तथा अन्य प्रमाण संकलनका लागि थप समय आवश्यक देखिएपछि अदालतले म्याद थप गरेको स्रोतले जनाएको छ।

यस आदेशसँगै सम्बन्धित निकायले आगामी दुई दिनभित्र थप बयान, प्रमाण संकलन तथा अनुसन्धानका अन्य कानुनी प्रक्रिया अघि बढाउनेछन्।

ओलीविरुद्धको मुद्दा पछिल्लो समय राष्ट्रिय राजनीतिक वृत्तमा चासोको विषय बनेको छ। अदालतको पछिल्लो आदेशसँगै यस प्रकरणले थप राजनीतिक र कानुनी बहस सिर्जना गर्ने देखिएको छ।

प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार  १९ : २०  बजे