एमाले संसदीय दलको नेतामा रामबहादुर थापा चयन

काठमाडौं,१८— चैत १८ नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा चयन भएका छन्। पार्टीभित्रको आन्तरिक प्रक्रिया र छलफलका आधारमा उनको नेतृत्वमा सहमति जुटेको हो।

दलको नेताका लागि सुहाङ नेम्वाङले समेत उम्मेदवारी दिने तयारी गरेका थिए। तर, आवश्यक प्रस्तावक र समर्थक नपाएको आधारमा उनले उम्मेदवारी फिर्ता लिएका थिए। त्यसपछि थापा सर्वसम्मत रूपमा दलको नेतामा चयन भएका हुन्।

यसअघि उनीहरूबीच प्रतिस्पर्धा हुने अवस्था देखिएको थियो। तर, अन्तिम समयमा सहमति कायम भएको आधारमा चुनावी प्रक्रिया अघि बढ्न सकेन।

दलको नेतामा चयन भएसँगै थापाको नेतृत्वमा एमालेको संसदीय गतिविधि अघि बढ्ने विश्वास गरिएको छ।

प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार  १७ : ११  बजे