काठमाडौं, १६ चैत । सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई पक्राउ गर्नुको कारण सरकारको नाममा पेश गर्न कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश मेघराज पोखरेल को इजलासले यो आदेश जारी गरेको हो। यसअघि ओलीकी पत्नी राधिका शाक्य ले आफ्नो पतिलाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा बंदी प्रत्यक्षीकरणको निवेदन दायर गर्नुभएको थियो।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीले गरेको कार्यवाहीलगायत घटनाबारे प्रश्न उठेको थियो। सरकारले गठन गरेको जाँचबुझ आयोगले ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखक लाई अनुसन्धानका लागि सिफारिस गरेको थियो।
उक्त सिफारिसका आधारमा शनिबार बिहान ओली र लेखक पक्राउ परेका थिए। सर्वोच्चको आदेशसँगै अब सरकारले पक्राउको औचित्य स्पष्ट पेस गर्नुपर्ने कानुनी दायित्वमा परेको छ।
यस घटनाले राष्ट्रिय राजनीतिक वृत्तमा तीव्र चर्चा उत्पन्न गरेको छ र उच्च राजनीतिक नेतृत्वमाथि कानुनी प्रक्रिया सुरु भएको संकेत गरेको छ।







प्रतिक्रिया