काठमाडौं, १२ चैत । नेकपा एमालेका सांसद क्षितिज थेबेले प्रतिनिधिसभा सदस्य पदको शपथग्रहण गरेलगत्तै पहिलो महिनाको तलब जिल्लाको आधारभूत विद्यालय भवनका लागि समर्पण गर्ने घोषणा गर्नुभएको छ ।
आज सांसद पदको शपथ लिएलगत्तै थेबेले पहिलो एक महिनाको तलब ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ आङखोपस्थित आगेपा आधारभूत विद्यालयको जग्गा खरिद तथा भवन निर्माणमा सहयोग गर्ने निर्णय गरेको बताउनुभएको छ ।
शिक्षामा गरिएको सानो योगदानले पनि त्यहाँका बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा सकारात्मक आधार तयार पार्ने विश्वास आफूले लिएको थेबेले बताउनुभयो । थेबे ताप्लेजुङबाट निर्वाचित हुनुभएको हो ।







प्रतिक्रिया