हामी सरकारमा जाँदैनौँ, प्रतिपक्षमै बसेर काम गर्छौँ : हर्क साम्पाङ

काठमाडौं । हर्क साम्पाङ ले आफ्नो दल सरकारमा सहभागी नहुने स्पष्ट पार्नुभएको छ।

मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रम संस्कृति पार्टी का अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य साम्पाङले जनताले आफूहरूलाई सरकारमा जाने म्यान्डेट नदिएको बताउनुभयो।

“जनताले हामीलाई सरकारमा जाने होइन, प्रतिपक्षमा बसेर प्रश्न गर्ने जिम्मेवारी दिएका छन्,” उहाँले भन्नुभयो, “हामी सोही म्यान्डेटअनुसार काम गर्छौँ।”

उहाँले राम्रो काम गर्ने सरकारलाई सधैँ समर्थन गर्ने तर गलत कार्यको भने सशक्त विरोध गर्ने धारणा समेत राख्नुभयो। “हामी राम्रो कामलाई साथ दिन्छौँ, नराम्रो कामको सधैँ विरोध गर्छौँ,” उहाँले थप्नुभयो।

साम्पाङको यो अभिव्यक्तिसँगै नयाँ राजनीतिक समीकरणबीच सानो दलको भूमिकाबारे स्पष्ट सन्देश गएको विश्लेषण गरिएको छ।

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार  २० : ०६  बजे