काठमाडौं, ८ चैत्र । संयुक्त अरब इमिरेट्स (यूएई)को पहलमा २२ वटा देशहरूले स्ट्रेट अफ हर्मुज क्षेत्रमा व्यापारिक जहाजमाथि भएका आक्रमण कडा शब्दमा निन्दा गरेका छन् । यी देशहरूले संयुक्तरुपमा इरानका गतिविधिले अन्तर्राष्ट्रिय समुद्री मार्गको सुरक्षामा गम्भीर असर पारेको बताएका छन् ।
संयुक्त बयानमा यूएई, बेलायत, फ्रान्स, जर्मनी, जापान, क्यानडा, अस्ट्रेलिया लगायत देशहरूले हस्ताक्षर गरेका बीबीसीले जनाएको छ । ती देशहरूले व्यापारिक जहाजहरू र विशेष गरी तेल तथा ग्याससम्बन्धी संरचनामाथि गरिएका आक्रमणको विरोध गरेका छन् । ेबयानमा समुद्री मार्गको स्वतन्त्रता अन्तर्राष्ट्रिय कानुनको आधारभूत सिद्धान्त भएको र यस्ता गतिविधिले विश्वभरका मानिसहरू, विशेष गरी कमजोर अवस्थाका समुदायहरूलाई असर पारेको उल्लेख छ । ती देशहरूले सुरक्षित समुद्री आवागमन सुनिश्चित गर्न आवश्यक सहयोग गर्न तयार रहेको पनि जनाएका छन् ।यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि त्यही क्षेत्रमा सुरक्षा कायम गर्न विभिन्न देशलाई युद्धपोत परिचालन गर्न आह्वान गर्नुभएको थियो । यस घटनाले मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र विश्वव्यापी व्यापारिक मार्गको सुरक्षाबारे थप चिन्ता पैदा गरेको छ ।







प्रतिक्रिया