सुनको भाउ तोलामा ७ हजार ८ सय रुपैयाँ घट्यो, झर्‍यो ३ लाखमुनि

काठमाडौं, ६ चैत्र ।  शुक्रबार सुनको भाउ तोलामा ७ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको छ ।अघिल्लो दिन ३ लाख २ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ प्रतितोला ११५ रुपैयाँ घटेको छ ।

महासंघले आज चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन ५ हजार १० रुपैयाँ थियो ।गत माघ १५ गते सुनचाँदीको भाउ हालसम्मकै उच्च भएको रेकर्ड छ । सो दिन सुन तोलामा ३ लाख ३९ हजार ३ सय र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेको थियो ।रेकर्ड मूल्यबाट सुनको भाउ करिब ४५ हजार रुपैयाँ घटिसकेको छ ।

प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार  ११ : २०  बजे